८ बैशाख २०८१, शनिबार

गाडी दुर्घटनामा घाइते भएका घनश्याम भुसाल अस्पताल भर्ना


घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । आफैले चलाएको गाडी दुर्घटना भएर बेहोस भएपछि भुसाल घाइते भएका थिए ।

पूर्वमन्त्री समेत रहेका भुसालले चलाएको बा १६ च १३८४ नम्बरको जीप अनियन्त्रित भएर एभरेष्ट होटल अगाडिको बिजुलीको पोलमा ठोक्किएर पूर्णरुपमा क्षति भएको छ । उनी माइतीघर हुँदै पार्टी कार्यालयतर्फ आउँदै गर्दा एभरेष्ट होटल अगाडि बेहोस भएका थिए ।

दुर्घटनालगत्तै भुसाललाई नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । उनको छातीमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले बताइएको छ । अहिले उनको उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !