२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच बालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री प्रचण्ड र राजेन्द्र लिङ्देन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनबीच बालुवाटारमा भएको भेटवार्तामा पछिल्लो देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि गृह मन्त्रालय नै नदिए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । देशमा केही दिनयता विकसित घटनाक्रमले सत्ता गठबन्धन संकटतर्फ उन्मुख भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !