१९ बैशाख २०८१, बुधबार

अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छ : सभापति लामिछाने


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भने अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको तर गर्नुपर्ने धेरै भएको बताएका छन् । आज आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको बताएका हुन् ।

पद गुमेको दुई दिन नबित्दै रवि लामिछाने पुन: रास्वपाको सभापति बनेका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुनः सभापतिमा चयन गरेको हो ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।

यो पनि पढ्नुहोस्

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

दुई दिन नबित्दै रवि लामिछाने बने पुन: रास्वपाको सभापति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !