१४ बैशाख २०८१, शुक्रबार

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु


स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको हो ।

आजको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बताइएको छ ।

हिजो बिहीबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए । साथै बैठकमा उनले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेका थिए ।

आजको बैठकमा एजेण्डाअनुसार नेताहरुले आ-आफ्नो धारणा राख्ने भएका छन् । यस्तै आजको बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता टाेलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु