२२ बैशाख २०८१, शनिबार

संसदलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका खेल्छु : सभामुख घिमिरे


देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले संसद्लाई प्रभावकारी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । सभामुखको पदभार ग्रहण गर्दै घिमिरेले संसद्लाई प्रभावकारी ढंगबाट अघि बढाउने बताएका हुन् ।

सभामुख घिमिरेले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सबै पक्षको सहयोग हुने अपेक्षा गरेको बताएका छन् । उनले नयाँ संविधान बनेपछि एक पटक संसद्को अभ्यास गरिसकेको भन्दै यसलाई अझै बढी मर्यादित र व्यवस्थित बनाउने बताए ।

आज शुक्रबार सिंहदरबारस्थित संघीय संसदको सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् । आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

नेकपा एमालेका सांसद रहेका घिमिरे सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका उनी हिजो मात्र सभामुखमा चयन भएका थिए । आज शपथअघि आज नै उनले पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

यो पनि पढ्नुहोस्

सभामुख देवराज घिमिरेद्वारा पदभार ग्रहण

पार्टीको जिम्मेवारीबाट अलग भएको सभामुख घिमिरेद्वारा घोषणा

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट लिए शपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !