१४ बैशाख २०८१, शुक्रबार

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट लिए शपथ


देवराज घिमिरे शपथ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । आज शुक्रबार राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सभामुखको सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, कामु प्रधानन्यायाधी हरिकृष्ण कार्की लगायत पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

नेकपा एमालेका घिमिरे हिजो सभामुख चयन भएका थिए । शपथअघि आज नै उनले पार्टीसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको उनले जानकारी दिएका छन् ।

देवराज घिमिरे शपथ

यो पनि पढ्नुहोस्

पार्टीको जिम्मेवारीबाट अलग भएको सभामुख घिमिरेद्वारा घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !