१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित


देवराज घिमिरे

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाले घिमिरेलाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाका २७५ जना सांसदहरुमध्ये आजको बैठकमा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो । घिमिरेलाई सभामुखमा निर्वाचित गराइयोस् भने प्रस्तावको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा १०० मत परेको थियो भने कसलाई पनि मत दिन्न भन्ने पक्षमा १ जनाको मत परेको छ ।

सभामुख पदको लागि एमालेका घिमिरे र नेपाली काँग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी परेको थियो । घिमिरेको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका थिए ।

यता न्यौपाने प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला रहेका थिए । घिमिरे र न्यौपानेले हिजो सभामुख पदका लागि उम्मेद्वारी दर्ता गराएका थिए ।

झापा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको सहमतिअनुसार सभामुखको उम्मेदवार बनेका थिए ।

यो पनि पढ्नुहोस्

सभामुखको निर्वाचन आज हुँदै, एमालेका घिमिरे र कांग्रेसकी न्यौपाने प्रतिस्पर्धामा

सभामुखमा उम्मेदवारी दिएपछि दुवै उम्मेदवार के भने ?

एमालेका देवराज घिमिरेद्वारा सभामुख पदको लागि उम्मेदवारी दर्ता

देवराज घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार

झापा-२ बाट एमालेका देवराज घिमिरे निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !