२१ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीले सभामुखमा काँग्रेसकी न्यौपानेलाई मत दिने


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने भएको छ । एकीकृत समाजवादीले विपक्षी गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवार बनेकी न्यौपानेको पक्षमा मतदान गर्ने भएको हो ।

आज बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको बैठकमा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् ।

सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको सो पार्टीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !