२० बैशाख २०८१, बिहिबार

जसपाले पनि सभामुखमा एमालेका घिमिरेलाई मतदान गर्ने


प्रकाश अधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सभामुखमा नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने भएको छ । जसपाको आज बसेको जसपाको संसदीय दलको बैठकले आज हुने सभामुखको चुनावमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन् । सांसद अधिकारीले सभामुखमा घिमिरे योग्य पात्र रहेको भन्दै सबै राजनीतिक दललाई मत दिने आग्रह समेत गरे ।

घिमिरेले प्रतिनिधिसभाको सभामुखमा घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । घिमिरे सत्ता साझेदार दलबाट सभामुखका साझा उम्मेदवार हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !