२१ बैशाख २०८१, शुक्रबार

हामीले ढोक्सा थापेको होइन, ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : सांसद शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको जवाफ फर्काएका हुन् ।

ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए । उनले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बरु एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाएका हुन् ।

उनले एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नै नचिन्ने समेत टिप्पणी गरे । शर्माले कांग्रेस उम्मेदवारलाई सभामुख बनाउँदा जनताको बहुमतको प्रतिनिधित्व हुने र शक्तिसन्तुलनको सिद्धान्त सम्बोधन हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !