२१ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल र दुई मन्त्रीले लिए सपथ


लिए सपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री रावल र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ गराएका हुन् । मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका हुन् ।

प्रदेश प्रमुख जोशीले रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल आलोपालो सरकार चलाउने सहमति भएको छ ।

सुदूरपश्चिममा पहिलो चरणमा अढाई वर्ष रावलले मुख्यमन्त्रीका रुपमा नेतृत्व लिएपछि दोस्रो चरणमा माओवादी संसदीय दलका नेता खगराज भट्टले सरकारको नेतृत्वमा जाने सहमति भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !