२५ बैशाख २०८१, मंगलबार

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने


महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि सरकारलाई विश्वासको मत दिने भएको छ । लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको लोसपाका एक नेताले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने ग्रिन सिग्नल दिएको छ । सरकारलाई विश्वासको मत बारेमा निर्णय गर्न कांग्रेसले कार्यसम्पादनको बैठक बोलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !