१२ बैशाख २०८१, बुधबार

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता


डा. सीके राउत र रञ्जिता श्रेष्ठ चौधरी

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा दुई पार्टीबीच कार्यगत एकताको सहमति भएको हो ।

अध्यक्षहरु राउत र चौधरीले आज आइतबार १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । १२ बुँदे साझा सहमतिपत्र कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमतिमा उल्लेख गरिएको छ ।

दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ । दुई पार्टीको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश गरिएका छन् ।

यस्तो छ हेर्नुहोस् जनमत र नागरिक उन्मुक्ति पार्टीबीच भएको १२ बुँदे सहमतिपत्र

१२ बुँदे सहमतिपत्र १२ बुँदे सहमतिपत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !