२० बैशाख २०८१, बिहिबार

प्रभु साहले घोषणा गरे ‘आम जनता पार्टी’


आम जनता पार्टी

काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट विजयी साहको नेतृत्वमा ‘आम जनता पार्टी’ को स्थापना भएको हो ।

साहले आज बिहीबार काठमाडौंको क्रिस्टल पार्ट प्यालेसमा पत्रकार सम्मेलन आयोजना गरेर ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् । माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो ।

नवगठित उक्त पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारी समेत तोकेको छ । उनको पार्टीमा रौतहट क्षेत्र नम्बर २ बाट विजयी स्वतन्त्र उम्मेदवार किरण साह पनि जोडिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !