१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ जना सांसदहरुको समर्थन


प्रचण्डलाई प्रधानमन्त्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रचण्डलाई प्रधानमन्त्री बनाउन सात दल र तीन स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् ।

बहुमतको सरकार गठनका लागि १३८ सीट आवश्यक पर्ने भएपनि प्रचण्डलाई एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको ४ जनासहित ३ स्वतन्त्र सांसदले समर्थन गरेका हुन् ।

शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए ।

चार जना स्वतन्त्र सांसदहरुमध्ये प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाह गरी तीन जनाले एमाले नेतृत्वको बन्ने बाम गठबन्धन सरकारको लागि प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका उनीहरु पनि शीतल निवास पुगेका थिए ।

१६९ जना सांसदहरुको समर्थन१६९ जना सांसदहरुको समर्थन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !