२५ बैशाख २०८१, मंगलबार

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ


ज्ञानेन्द्र शाह जनकपुर

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो यहाँ आइपुगेका थिए ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।

पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह पनि साथमै थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !