२१ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा रेशम चौधरी, सीके र विप्लवका कार्यकर्ता छुटाउन अध्यादेश


प्रधानमन्त्री कार्यालय

काठमाडौं । सरकारले रेशम चौधरी, सिके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता छुटाउन अध्यादेश ल्याउने भएको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।

यो अध्यादेश आएपछि नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका रेशम चौधरी र उनीसहित टिकापुर घटनामा मुछिएका व्यक्तिहरूलगायत छुट्न सक्नेछन् । यस्तै यो अध्यादेश आएपछि विभिन्न मुद्दामा कारागारमा जनमत पार्टी र विप्लव नेकपाका कार्यकर्ता पनि छुट्न सक्ने भएका छन् ।

नयाँ सरकार गठनका लागि राउत र रेशम चौधरी निर्णायक शक्ति बनेकाले गठबन्धनका शीर्ष नेताहरूले उनीहरूका मुद्दा सम्बोधन गर्न अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका थिए । सरकारले चौधरीलाई जेलबाट छुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको हो । यस्तै विप्लव र सिकेका कार्यकर्ता पनि रिहा गर्ने भनेर सरकारले अध्यादेश ल्याएको हो ।

कैलालीमा २०७२ सालमा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गरिने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !