१४ बैशाख २०८१, शुक्रबार

चुनावसँगै एमालेसँगको सहकार्य सकिएको उपेन्द्र यादवको घोषणा


उपेन्द्र यादव फाइल फोटो

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले चुनावसँगै नेकपा (एमाले) सँगको सहकार्य सकिएको बताएका छन् ।

आज आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले उनले आफ्नो पार्टीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेपनि चुनावसँगै सहकार्यको कोर्स सकिएको स्पष्ट परेका हुन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका उनले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।

एमालेसंग निर्वाचनमा सहकार्य गरेपनि जनमत पार्टीका अध्यक्ष राउतसँग फराकिलो मतान्तरले पराजित भएपछि यादवको यस्तो धारणा बाहिर आएको हो । यो आम निर्वाचनमा यादवको पार्टीले मधेस प्रदेशमा नराम्रो पराजय भोग्नुपरेको छ ।

एमालेसंग निर्वाचनमा तालमेल गरेपनि पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि यादव एमालेसंग रुष्ट भएका हुन् । आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने विषयमा भने निर्णय नगरिसकेको उनले बताए । उनले आफ्नो पार्टी निर्णायक शक्ति नभएकोले अवस्था हेरेर अगाडि बढ्ने बताए ।

जसपाका अध्यक्ष यादवले १८ हजारभन्दा बढी मतान्तरले राउतसंग लज्जास्पद हार बेहर्नुपरेको थियो । राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार ९७९ मत मात्र ल्याएका थिए । पटक-पटक सत्ताको स्वाद लिएका यादवको पराजय भएर उनको राजनीतिक यात्रा अधोगतितर्फ उन्मुख भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !