१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको फोन : बधाई साटासाट र सहकार्यबारे कुराकानी


काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन संवाद भएको छ ।

एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा जितको बधाई साटासाट गर्नुका साथै सम्भावित सहकार्यबारे जिज्ञासा राखेका छन् ।

चुनावमा विजय भएपछि बधाई दिनका लागि एमाले अध्यक्ष ओलीले आज बिहीबार दिउँसो टेलिफोन गर्दै उनले विगतको पुरानो तिक्तता बिर्सेर भविष्यमा मिलेर अगाडि बढ्न आग्रह गरेका सहकार्यबारे कुरा गरेका थिए ।

प्रचण्ड निकट स्रोतले टेलिफोन संवाद भएको पुष्टि गरेको छ । नेकपा विभाजन भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन् । ओलीले प्रचण्डलाई चुनावी परिणामलाई लिएर गम्भीर समीक्षा गर्नुपर्नेमा आग्रह गरेको थिए ।

नेकपा विभाजन भएपछि दुवै नेताहरुबीचको सम्बन्ध तिक्कतापूर्ण रहँदै आएको थियो । यद्यपि दुवै नेताबीच नेकपा विभाजन भएपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा संसद्मा विवाद भएको समयमा भेटघाट भएको थियो ।

अपेक्षाकृत नतिजा आफ्नो पार्टीको पक्षमा नआएपछि एमाले अध्यक्ष ओली चिन्तित भएका छन् । ओलीका दाहिने हातको रुपमा मानिने दुई पोखरेल दाजुभाईहरु एमालेका बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल र महासचीव शंकर पोखरेल हारेपछि अध्यक्ष ओली गलेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !