२२ बैशाख २०८१, शनिबार

उम्मेदवार थापाको निधन भएको मोरङ ३ मा पनि मंसिर ४ मै निर्वाचन हुने


शेखरचन्द्र थापा

मोरङ । प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री समेत रहेका मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क ’का निधन भएका उम्मेदवार शेखरचन्द्र थापाको निर्वाचन क्षेत्रमा पनि भने आगामी मंसिर ४ गते नै निर्वाचन सम्पन्न हुने भएको छ ।

थापाको डेंगु संक्रमणबाट आज निधन भएको थियो । मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !