१५ बैशाख २०८१, शनिबार

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर


गण्डकी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली

गण्डकी । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २०६८ जेठ २९ मा गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीको सिफारिसमा हेरफेर गरी कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।

मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन अनुसार यस अघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको हरिशरण आचार्य हालको मन्त्रिपरिषद्मा रहेका छैनन् । उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगै राखिएको छ ।

अन्य मन्त्रालयको जिम्मेवारी भने पूर्ववत् मन्त्रीहरूकै जिम्मामा रहेको छ । यसअघि बिना विभागीयमन्त्रीमा नियुक्त भएका आचार्यले असार ११ मा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

उनी गत निर्वाचनमा गोरखा जिल्लाबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए । अहिलेको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !