१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति नन्दबहादुर पुनलाई


नन्दबहादुर पुन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनगणतन्त्र आइसल्याण्डको छ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी हुन् । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !