६ जेष्ठ २०८१, आइतबार

यस्तो छ हेर्नुहोस् रवी लामिछानेको पार्टीको वाचापत्र (पूर्णपाठ)


राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

काठमाडौँ । रवी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज ‘वाचापत्र’ सार्वजनिक गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पार्टी सभापति लामिछानसहित उक्त पार्टीका नेताहरुले ‘वाचापत्र’ सार्वजनिक गरेका हुन् ।

चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले निर्दलीय व्यक्ति मात्रै राष्ट्रपति बन्न पाउनुपर्ने एजेण्डा अघि सारेको छ । उक्त पार्टीले १० वर्षसम्म कुनै पनि राजनीतिक दलमा नलागेको व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै अहिलेको उपराष्ट्रपतिको व्यवस्था काम नलाग्ने भएको भन्दै सो पार्टीले राष्ट्रियसभाका अध्यक्षलाई नै उपराष्ट्रपति बनाउनुपर्ने धारणा राखेको छ । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको हुनुपर्ने प्रस्ताव गरेको छ ।

यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ । यस्तै वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेको परिप्रेक्षमा पहिलोपटक निर्वाचनमा होमिएको उक्त पार्टीले पनि आज वाचापत्र सार्वजनिक गरेको हो ।

यस्तो छ रवी लामिछानेको पार्टीको वाचापत्र

यो पनि पढ्नुहोस्

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक

यो देशमा प्रतिपक्षी दल समेत भएन : रवी लामिछाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !