१९ बैशाख २०८१, बुधबार

दार्चुला घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’


परराष्ट मन्त्रालय

काठमाडौं । दार्चुला घटनाबारे नेपाल सरकारले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ । दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको हो ।

सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे आज आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा पार्ने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

उक्त घटनाबारे नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ । यद्यपि भारतले उक्त घटनामा गल्ती भएको भनेर स्वीकार गरिसकेको छ ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले घटनामा गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत पनि उपलब्ध गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !