१४ बैशाख २०८१, शुक्रबार

कुन व्यक्ति कहाँ जन्मियो भन्नु भन्दा पनि काम गर्ने कुरा ठूलो हो : शिक्षामन्त्री पौडेल


देवेन्द्र पौडेल फाइल फोटो

बागलुङ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाएका छन् । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाए ।

“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौं”, उनले भने, “एमाले हो कि ? सरकार हो परमादेशको ?” बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरुको घरमा केन्द्रीय प्रशारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताए । उनले पोखराबाट सिधैं ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीदमार्ग लगायतका काम चाडै हुने बताए ।

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफ दिने बताए । बागलुङ प्रदेश सभा सदस्य“क”का उम्मेदवार जीत बहादुर शेरचनले भ्रष्टाचारले देश कंगाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनिकरणमा काम गर्ने बताए ।

मानव विकास सुचाङक वृद्धिले मात्रै देशको विकास हुने बताए । आयआर्जन गर्न नसक्ने कृषि कर्मले जनताको जीवनस्तर माथि नउढ्ने भन्दै आफूहरुले योजनाबद्ध रुपले काम गर्ने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !