११ जेष्ठ २०८१, शुक्रबार

ओलीको स्वास्थ्यमा सुधार, आज चुनावी कार्यक्रममा सहभागी हुने


केपी शर्मा ओली

दमक । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । हिजो मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुगेका अध्यक्ष ओली रुघाखोकीसँगै ज्वरो आएर अस्वस्थ भएका थिए ।

ओली अस्वस्थ भएपछि हिजो प्रेस चौतारी झापाले दमकमा आयोजना गरेको पूर्व निर्धारितमा कार्यक्रममा उनी सहभागी भएनन् । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आएका अध्यक्ष ओली आज झापा क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुने भएका छन् ।

ओली आज बिहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम छ । उक्त कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने भएका छन् ।

यस्तै दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा क्षेत्र नं ५ भरिका कार्यकर्ताहरूको उपस्थिति रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !