१९ बैशाख २०८१, बुधबार

मलाई हराउन नसक्ने जानकारी पाएपछि उम्मेदवार हुनबाट रोकियो : भीम रावल


भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता भीम रावलले आफूलाई हराउन नसकिने जानकारी पाएपछि उम्मेदवार हुनबाट रोकिएको खुलासा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् । उनले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका हुन् ।

नेता रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परेपनि आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् । उनले आफू अछाम क्षेत्र नम्बर-१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उमेदवार बनाइएको आरोप लगाए ।

आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप समेत उनले लगाए । उनले आम चुनावको चर्चा हुन थालेपछि आफूविरुद्ध षड्यन्त्र हुन थालेको रावलले बताएका छन् ।

यस्तो छ हेर्नुस् भीम रावलको सम्बोधनको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !