१९ बैशाख २०८१, बुधबार

मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो : भीम रावल


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष भीम रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै उनले कुप्रचार भएको भनेर आपत्ति प्रकट गरेका हुन् ।

अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएपनि एमालेले उनलाई प्रतिनिधि सभा उम्मेदवारको टिकट नदिएपनि चुप लागेर बसेका रावलले बल्ल मुख खोलेका हुन् । तर खुलेर आफ्नो कुरा नराखेका रावलले उचित समयमा बोल्ने बताएका छन् ।

उनले आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा आफूले हालसम्म कुनै प्रतिक्रिया नदिएको पनि स्पष्ट पारेका हुन् ।

एमालेमा टिकट वितरणको अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट नदिएर झपट बोहोरालाई दिएका छन् । यद्यपि अछाम जिल्ला कमिटीले भने रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !