२३ बैशाख २०८१, आइतबार

शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टि


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

डाक्टरले डेंगु संक्रमणको शंका लगेर परीक्षण गर्दा नेगेटिभ आएपछि कोरोना परीक्षण गरिएको थियोे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्दा हिजो उनको रिपोर्ट पोजेटिभ आएको हो ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । अब केही दिन अस्पतालमै डाक्टरको निगरानीमा भण्डारीकाे उपचार हुनेछ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति भण्डारीलाई के भएर टिचिङ अस्पताल गइन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !