२१ बैशाख २०८१, शुक्रबार

बादलले उम्मेदवारी अस्वीकार गरेपछि काठमाडौं-१० मा एमालेका केसीलाई चिट्ठा


राम बहादुर थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले उम्मेदवारी अस्वीकार गरेपछि काठमाडौं-१० मा निमेष केसीलाई चिट्ठा परेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १० मा एमालेले बादललाई टिकट दिएपनि उनले उक्त निर्वाचन क्षेत्रबाट नउठ्ने भन्दै उम्मेदवारी दिन अस्वीकार गरेका हुन् ।

यस्तै एमालेकै अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दिन अस्वीकार गरेकी छन् । शाक्यलाई काठमाडौं ८ मा उम्मेदवारी दिनका लागि एमालले टिकट दिएपनि उनले चुनाव नलड्ने बताएपछि सो क्षेत्रबाट एमालले शिवसुन्दर राजवैद्यलाई टिकट दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !