४ जेष्ठ २०८१, शुक्रबार

माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता 


माधव नेपाल

रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो । नेपाल यसअघि काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लडेर जितेका थिए । अघिल्लो निर्वाचनमा रौतहट छाडेर काठमाडौं जाँदा फेरि आउनुपर्छ भन्ने माग भएअनुसार आफू फर्किएको समेत उनले बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !