११ जेष्ठ २०८१, शुक्रबार

संयुक्त वक्तव्यका शब्दमा तलमाथि भए आफू जिम्वेवारी लिने प्रम ओलीको उद्घोष


Kp oli

३० वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा भारतीय समकक्षी मोदीको भ्रमणबारे बोल्दै मोदीको नेपाल भ्रमणपश्चात जारी गरिएको संयुक्त वक्तव्यमा प्रयाेग भएकाे कुनै शब्दमा तलमाथि भए आफूले जिम्मेवारी लिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मोदीसँग भएका सम्झौताहरू र जारी गरिएको संयुक्त वक्तव्यमा देशको स्वाभिमान र गौरवमाथि आँच आउने केही कुराहरू नभएको प्रष्ट पारे । सम्बोधनको क्रममा ओलीले भने, ‘सबै देशको हितका लागि कुरा भएका छन्, तपाई आफैँले वक्तव्यमा हेर्दापनि हुन्छ, कुनै शब्दमा तलमाथि भएकाे भए त्यसकाे जिम्मेवारी म लिन्छु ।’

मोदीको भ्रमण उपलब्धीमूलक भएको बताउँदै उनले नेपाली जनताको स्वाभिमानप्रति धन्यवाद व्यक्त गरे । विगतमा बिग्रेको भारतसँगको सम्बन्ध सुधारिएको बताउँदै उनले सम्बन्ध बिगार्ने भन्दा पनि सुधार्नतर्फ लाग्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !