२४ बैशाख २०८१, सोमबार

सबै स्थानीय तहमा शुद्ध खानेपानीकाे वितरण गर्ने कार्ययोजना बनिरहेको मन्त्री बिनाको उद्घोष


binaaaa

२९ वैशाख, काठमाण्डाै । खानेपानी मन्त्री बिना मगरले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आयोजित लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छिन्।

साथै वच्छ खानेपानीमा नागरिकको पहुँच सहज बनाउन देशैभरि सम्भावना खोजिने र खानेपानीका थुप्रै सम्भावना भएपनि सरकार अहिलेसम्म सम्भावना पहिचानमा चुकेको उनले बताइन।

‘गृहिणी दिदीबहिनीले खानेपानी जुटाउन धेरै दुःख गर्नुपरेको छ,’ उनले भनिन, ‘मन्त्रालयले खानेपानीमा सहज पहुँचका लागि योजना बनाइरहेको छ।’ खानेपानीमा सहज पहुँचका साथै नेपाली हिमालको पानी अन्तर्रा्ष्ट्रिय बजारमा पुर्याउने र पानी उद्योगमा युवालाई संलग्न गराउने योजना समेत बनिरहेको मन्त्री मगरले जानाकारी गराइन।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !