१४ बैशाख २०८१, शुक्रबार

रोल्पाले खेलकुदको माध्यमवाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्ने सभामुख महराको दावी


DPM Krishna Bahadur Mahara returns from China कृष्णबहादुर महरा

२९ वैशाख, रोल्पा । सभामुख कृष्णबहादुर महराले शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै रोल्पावाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताए।

‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो।’ सभामुख महराले भने, ‘अब खेलकुदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पावाटै दिनुपर्छ।’

सभामुख कप खेलकुद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता पनि पहिलो पटक भएकोमा खुसी व्यक्त गरे। सभामुख महराले खेलकुद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएकाले नेपालीहरूलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताए।

उक्त कार्यक्रममा प्रदेश सांसद दीपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको पनि सहभागिता रहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग-अलग गरी ७ वटै प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग-अलग गरी ६ टोली सहभागी भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !