२३ बैशाख २०८१, आइतबार

गठबन्धनमा प्रतिनिधिसभातर्फ लगभग सिट बाँडफाँट टुंगियो, आजदेखि प्रदेशको छलफल हुने


कार्यदल बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको लगभग टुंगो लागिसकेकोले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो शनिबार सिट बाँडफाँडका लागि भएको अनौपचारिक बैठकमा प्रतिनिधिसभातर्फ लगभग सिट बाँडफाँट टुंगो लागेपछि आजदेखि प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल सुरु गर्ने भएको हो ।

गठबन्धनले सिट बाँडफाँटलाई दसैंअघि नै अन्तिम रूप दिने तयारी गरेका छन् । प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ क्षेत्रमा सिट बाँडफाँटमा लगभग सहमतिमा पाँच दलीय गठबन्धन पुगेको छ । प्रतिनिधिसभातर्फ लगभग कुन दलले कसले कति सिट लिने सहमति भएको हो ।

गठबन्धनका पाँच दलबीच १०० सीटको एकल दाबी सहमति जुटेपछि बाँकी ६५ सीटमा टुंगो लागेको हो । प्रत्यक्षतर्फ उठ्न इच्छुक केही नेताहरू समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश गरिएकोले केही क्षेत्र स्वत: मिल्ने देखिएको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सीट रहेकोमा गठबन्धनमा कांग्रेसले १०० सिट, नेकपा (माओवादी केन्द्र) ले ६० सिट, नेकपा (एकीकृत समाजवादी) ले ४० सिट, जनता समाजवादी पार्टी (जसपा) ले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !