२० बैशाख २०८१, बिहिबार

देउवामाथि दबाब बढाउन शेखर समूहको खबरदारीसभा जारी


खबरदारीसभा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहले संस्थापन समूहमाथि दबाब बढाउन खबरदारीसभा जारी रहेको छ ।

कांग्रेसमा टिकट वितरणमा देउवा समूहले एकलौटी गर्ने प्रयास गरिरहेको भन्दै शेखर समूहले दबाब बढाउन काठमाडौँको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा आज खबरदारीसभा जारी रहेको हो ।

काँग्रेस महाधिवेशनमा सभापतिमा पराजित शेखर समूहले दिनहुँजसो समानान्तर बैठक, भेला र छलफल कार्यक्रम आयोजना गरेर पार्टी सभापति देउवाविरुद्ध दबाब बढाउदै आएको छ । आगामी निर्वाचनमा शेखर समूहले ४० प्रतिशत सिट पाउनुपर्ने माग गर्दै आएको छ ।

सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने शेखर समूहले चेतावनी समेत दिएको छ । कांग्रेसमा पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले खबरदारीसभा आयोजना गरेको हो ।

समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी गरेजस्तै प्रत्यक्षतर्फको टिकटमा पनि एकपक्षीय हुन सक्ने देखिएकाले खबरदारीसभाको आयोजना गरिएको हो । संस्थापन देउवा समूहले सम्मानजनक ढंगले टिकट वितरण नगरे पार्टीभित्रै विद्रोहको अवस्थासमेत हुन सक्ने समेत चेतावनी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !