२२ बैशाख २०८१, शनिबार

चोलेन्द्रकी छोरीले भनिन्- सरकारले हामीमाथि अत्याचार गर्यो, जनताले साथ दिनुपर्यो


सुनिधी राणा

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधी राणाले सरकारले आफूहरुमाथि अत्याचार गरेकोले साथ दिन आम नेपाली जनतालाई आह्वान गरेकी छन् ।

आज आइतबार बेलुकी बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सुनिधीले आफूहरुलाई नजरबन्दमा राखिएको बताउँदै नेपाली जनतासँग आफ्नो परिवारको उद्दारका निम्ति आग्रह गरेकी हुन् ।

उनले अहिलेको गठवन्धन सरकारले आफूहरुमाथि अन्याय र अत्याचार गरेको बताइन् । घरमा काम गर्ने व्यक्ति बाहिर आउँदा समेत पक्रेर राखिएको उनको भनाइ छ । उनले नेपाली जनताले के सही र गलत भनेर छुट्याएर आफूहरुलाई न्याय दिन आग्रह गरिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !