२२ बैशाख २०८१, शनिबार

बालकोटमा एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवार टुंग्याइने


बालकोट एमाले सचिवालय बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली आज सुरु भएको बैठकले निर्णय गर्ने तय गरेको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न आज पनि नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको हो ।

हिजो निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल हिजो रातिदेखि सकिएपछि आजदेखि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको हो ।

सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !