१४ बैशाख २०८१, शुक्रबार

प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक सम्पन्न


एमालेको संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बसेको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठक बसेर भर्खरै सम्पन्न भएको हो ।

संसद्को कार्यकाल सकिनै लाग्दा एमाले संसदीय दलको बैठक बसेको हो । आजको एमाले संसदीय दलको बैठकलाई दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

सांसदहरुको पदावधि सकिनु पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले संसद्को यस अवधिको समीक्षा गर्दै आफ्ना पार्टीका सांसदहरुलाई धन्यवाद दिए र आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !