७ बैशाख २०८१, शुक्रबार

बेलायती महारानीको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री खड्का बेलायत जाने


डा. नारायण खड्का फाइल फोटो

काठमाडौँ । दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का आगामी असोज ३ गते लण्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा जान लागेको हुन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपालमा पनि बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिनसम्म शोक मनाइएको छ । एलिजाबेथ द्वितीयको निधनमा नेपालले भदौ २५ देखि २७ गते कार्यालय समयसम्म शोक मनाइएको थियो ।

साथै, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका थिए ।

दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयले नेपालप्रति पनि ठुलो सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध रहेको थियो ।

यो पनि पढ्नुहोस्

रात्रीभोजलाई सहज बनाउन सरकारले छोट्यायो महारानीको शोक अवधि

बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा ३ दिन शोक मनाइने

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !