१२ बैशाख २०८१, बुधबार

बेलायती महारानी एलिजाबेथको निधनमा नेपालमा ३ दिन शोक मनाइने


एलिजाबेथ द्वितीय

काठमाडौँ । सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतकी एलिजाबेथको निधनमा ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।

आजको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा हिजो भदौ २३ गते निधन भएको थियो । सरकारले यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना पनि व्यक्त गरेको छ ।

सरकारले महारानी एलिजाबेथको सम्मानमा भदौ २५ गतेदेखि २७ गतेसम्म ३ दिने शोक मनाउने र सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयले नेपालप्रति पनि ठुलो सद्भाव राख्ने गर्थिन् । खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !