५ जेष्ठ २०८१, शनिबार

विशेष कारणवश भन्दै प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सारियो


संसद बैठक फाइल फोटो

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बिहान ११ बजे बस्ने भनिएको पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक विशेष कारणवश भन्दै दुई घण्टा पछि सारेर दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयको प्रतिनिधिसभाका सचिव गोपीनाथ योगीले बैठक बस्ने समय परिवर्तन भएको सम्वन्धी सूचना जारी गरेका छन् ।

संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने पहिलो दैनिक कार्यसूची रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो एकैदिन विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक, स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

यस्तै आजको दोस्रो सम्भावित कार्यसूचीअनुसार कारागार विधेयक, २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

समय परिवर्तन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !