२२ बैशाख २०८१, शनिबार

गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बसेन, भोलि बस्ने गरी स्थगित


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको आज शुक्रबारका लागि तय गरिएको बैठक बस्न सकेन । गठबन्धनका शीर्ष नेताहरूको बैठक बैठक भोलि शनिबार ४ बजे बैठक बस्ने बस्नेगरी स्थगित गरिएको बालुवाटार स्रोतले बताएको हो ।

सिट बाँडफाँट टुंगो लगाउन आज शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरु र कार्यदल सदस्यहरुसहितको बैठक बोलाइएको थियो । गठबन्धनका शीर्ष नेताहरूको कार्यव्यस्तता भएकोले आजको बैठक स्थगित गरिएको बताइएको छ ।

कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी हुनुपर्ने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं बाहिर गृह जिल्ला रौतहटमा भएको र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि जनकपुर जानुपर्ने भएपछि बैठक स्थगित गरिएको हो ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले हिजो बिहीबार प्रतिवेदन बुझाएको थियो । यद्यपि उक्त प्रतिवेदनमा सिट संख्या टुंगो नलागेकोले शीर्ष नेताहरूको बैठकले सिट संख्या टुंगो लगाइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !