२० बैशाख २०८१, बिहिबार

सिंहदरबारले स्थानीय तहमा अधिकार नदिएकोमा पूर्वमुख्यमन्त्रीको गुनासो


डोरमणि पौडेल

हेटौँडा । वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबारले स्थानीय तहमा अधिकार नदिएको भन्दै गुनासो प्रकट गरेका छन् ।

प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै पूर्वमुख्यमन्त्री पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने दावी गरे । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो काम देखाउन नसकेको उनले जिकिर गरे ।

उनले संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको आरोप समेत लगाए । उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !