२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा राप्रपा अध्यक्ष लिङ्देनसँग पनि छलफल


विद्यादेवी भण्डारी र राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनसहितका पदाधिकारीहरुले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसंग छलफल गरेका हुन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे परामर्श गर्ने क्रममा विभिन्न दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल जारी राखेको बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारीसँग हिजो सोमबार साँझ २ घण्टा छलफल गरेकी छन् ।

हिजो भएको छलफलमा नागरिकता विधेयक र समसामयिक विषयमा केन्द्रित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सो क्रममा राष्ट्रपतिलाई देश र जनताको पक्षमा केन्द्रित रहेर निर्णय लिन पार्टीले सुझाव दिएको श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपतिले नागरिकता विधेयकका विषयमा सबै दलहरूसँग छलफल गर्ने तयारी गरेअनुसार सोमबार मात्रै राष्ट्रपतिले काँग्रेस नेताहरुसँग पनि छलफल गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !