२२ बैशाख २०८१, शनिबार

नागरिकता विधेयकमाथि छलफल गर्न विधायन समितिको बैठक बस्दै


विधायन व्यवस्थापन समिति

काठमाडौं । नागरिकता विधेयकमाथि छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभाले हिजो प्रतिनिधि सभाले जस्ताको त्यस्तै पास गरेको नेपाल नागरिकता विधेयक व्यवस्थापन समितिमा पठाएपछि उक्त समितिको बैठक आज मध्यान्ह १२ बजे बस्ने भएको हो ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न उक्त समितिको बैठक बस्न लागेको हो । अब विषयगत समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई समेत बोलाइएको छ ।

आइतबार मात्रै राष्ट्रियसभाले नागरिकता विधेयकलाई पुनर्विचारका विधायन समितिमा पठाइएको थियो । राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेको प्रस्तावलाई राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !