११ जेष्ठ २०८१, शुक्रबार

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो ।

गठबन्धनबीच सिट बाँडफाँडसहित समसामयिक विषयमा छलफल बैठक बसेको हो । यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपत्यका बाहिर चितवन गएकाले आज बिहान बस्नेगरी लागि सारिएको थियो ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् । यद्यपि आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँटफाँटको विषयमा गठबन्धनका दलहरूबीच अझसम्म सहमति जुट्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !