२३ बैशाख २०८१, आइतबार

राप्रपा अध्यक्ष लिङ्देनले काठमाडौँमा आज जनतासंग प्रत्यक्ष संवाद गर्दै


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौँमा जनतासंग प्रत्यक्ष संवाद गर्दै छन् । राप्रपा अध्यक्ष लिङ्देनले आज दिउँसो ३ बजे वसन्तपुर डबलीमा जनतासंग प्रत्यक्ष संवाद गर्ने भएका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनसंग जनताले आफ्नो मनको कुरा सोधेर प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !