१४ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचनमा चुनावी प्रचारमा विदेशी गाडी प्रयोग गर्न नपाइने


विदेशी गाडी प्रयोग

काठमाडौं । आसन्न निर्वाचनमा चुनावी प्रचारमा विदेशी गाडी प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको हो ।

आज सोमबार आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा सो विषय प्रस्तावका रुपमा राखेको हो । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख गरिएको छ ।

आयोगले भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी यस्तो प्रस्ताव ल्याएको हो । यसअघिका निर्वाचनमा भने सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

दल वा उम्मेदवारले अनुमति लिएको सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचारसंहितामा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु