२१ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले आज पार्टीका प्रतिनिधिसंग छलफल गर्दै


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न पार्टीका प्रतिनिधिसित छलफल गर्दै छ । आयोगले आज बिहान साढे ११ बजे विभिन्न पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएको हो ।

आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज छलफलका लागि बोलाएको छ । उनीहरूसंग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !